१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

सनम डोका शेर्पा ओबामा फाउन्डेसनको उदाहरणीय महिलाको सूचीमा



अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय कार्य गरेको भन्दै शेर्पासहित विश्वभरबाट पाँच महिलालाई उक्त सूचीमा राखेको छ ।

दुर्गम गाँउमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका खेलेको भन्दै फाउन्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’को उपमा दिएको छ ।

नेपालमा रहेको द स्मल वर्ल्ड (टीएसडब्लु)की निर्देशक रहेकी शेर्पाले सोलुखुम्बुको दुर्गम गाउँमा बालिका शिक्षाको क्षेत्रमा डेढ दशकदेखि काम गर्दै आएकी छन् । दुई वर्षअघि उनी ओबामा फाउन्डेसनसँग जोडिएकी थिइन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : २० बजे