५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सिनियर सहकर्मीलाई यौन दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त



आफुभन्दा पनि बरिष्ठ महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्तीमा परेका छन् ।

उनलाई नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको सेवामा अयोग्य हुने गरी बर्खास्त गरिएको हो ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार सेवाबाट हटाउने निर्णय गरिएको बताइएको छ । गत पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमको क्रममा राष्ट्र बैंककै एक उच्च पदस्थ महिला कर्मचारी माथि उनले अभद्र व्यवहार गरेकव आरोप लागेको थियो ।

घट्ना विवरण अनुसार गत पुस २७ गते नगरकोटमा नेपाल राष्ट्र बैंकको कर्मचारीहरुका लागि आवासीय कार्यक्रमको आयोजना गरेको थियो । त्यसमा उच्चपदस्थ कर्मचारीहरुदेखि तल्लो तहका कर्मचारीसम्म सहभागी थिए ।

साँझको समयमा मदिरा सेवन गरेका आचार्यले एक उच्च पदमा रहेकी सहकर्मी महिलालाई अंकमाल गर्ने प्रयास गरेका थिए । नराम्रो नियतले उनले गरेको प्रयासलाई केही कर्मचारीले भिडिओ समेत खिचेका थिए ।

मदिराले छोडेपछि आचार्यले माफी मागे पनि भिडियो हेरेर कार्यालयमा चर्चा हुन थालेपछि पीडित महिलाले कडा कारवाहीको माग गर्दै उजुरी हालेको र त्यसै उजुरी माथिको कारवाही स्वरुप आचार्यलाई सेवाबाटै हटाइएको बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ३४ बजे