पानी जहाज ठिक्किएपछि अमेरिकाको बाल्टिमोरमा पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन् । पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।
अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ‘केही व्यक्तिको मृत्यु भएको हुनसक्ने’ बताएका छन् । बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।
‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु’ उनले भने । स्थानीय समय अनुसार राति १:३० बजे यो घटना भएको थियो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो । त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।