नेपाली शिक्षामा फलामे ढोका भनेर चर्चा गरिने माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।
तयसमा १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ ।
बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो । परीक्षा चैत २७ गते सम्पन्न हुने छ ।