१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

सिनेटर स्यान्डर्सको कार्यालयमा आगजनी गर्नेलाई २० वर्ष जेल हुन सक्ने



सिनेटर बर्नी स्यान्डर्सको कार्यालयमा आगजनी गरेको अभियोगमा संघीय अभियोजकहरूले एक ३५ वर्षीय युवालाई पक्राउ गरेको छ ।

माइकल सोगोमोनियन भनेरसमेत चिनिने शान्त सोगोमोनियनलाई अन्तर्राज्यीय वाणिज्यमा प्रयोग हुने भवनलाई क्षति पुर्‍याउन आगो लगाएको आइतबार आरोपमा गिरफ्तार गरिएको हो । शुक्रबार भर्मन्टको बर्लिङटनमा आगो लगाएको अभियोग लागेका उनलाई अभियोजकहरुले २० वर्षसम्मको जेल सजाय र २ लाख ५० हजार डलरसम्म जरिवानाको सामना गर्नुपर्ने बताएका छन् ।

सोघोमोनियनले कार्यालयको बाहिरी ढोकामा तरल पदार्थ छर्केर लाइटरले आयो लगाएपछि आगो फैलिएको सीसीटीभीमा भिडियोमा रेकर्ड भएको थियो । आगलागी हुँदा केही कर्मचारी कार्यालयमा थिए तर कोही पनि घाइते भएका छैनन् ।

घटना पछि स्यान्डर्सको कार्यालयले एक विज्ञप्ति जारी गरेर सिनेटर आगोलागीका बेला कार्यालयमा नरहेको उल्लेख गरेको थियो । स्यान्डर्सले भने घट्नापछि बिज्ञप्ति जारी गरी तरुन्त कारवाही अघि बढाएको भन्दै स्थानीय, राज्य र संघीय कानून निकायलाई धन्यवाद दिएका छन् ।

“म पनि आभारी छु कि आगलागीको समयमा कार्यालय भवनमा रहेका धेरै व्यक्तिहरू मध्ये कोही पनि घाइते भएनन्,” उनले भनेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार हालैका वर्षहरूमा सांसदहरू र उनीहरूका नजिकका मानिसहरूमाथि धेरै आक्रमणहरू भएका छन् । २०२२ मा एक व्यक्तिले पूर्व सभामुख न्यान्सी पेलोसी र पल पेलोसीका पतिलाई हथौडाले आक्रमण गरेका थिए भने गतवर्ष एक व्यक्तिले सांसद एन्जी क्रेगलाई उनको अपार्टमेन्टको लिफ्टमा आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५४ बजे