१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

किर्तीमानी आरोही निर्मल पूर्जाको अर्को किर्तीमान



पर्वतारोहण क्षेत्रका किर्तीमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)ले अर्को किर्तीमान राखेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालहरुको सबैभन्दा धेरै पटक आरोहण गरेर अर्को किर्तीमा राखेको हो ।

उनले नयाँ वर्षको अवसर पारेर बैशाख १ गचेका दिन शनिबार विश्वकै दशौं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर उचाइ) हिमाल आरोहण गरेर ८ हजार मिटरभन्दा अग्ला हिमाल सबै भन्दा धेरै ४४ पटक चढेको किर्तीमान राखेका हुन् ।

म्याग्दी मूल घर भई हाल बेलायती सेनामा कमाण्डोका रुपमा काम गरिसकेका निर्मलले यसअघि छोटो अवधीमा बिश्वका १४ वटा ड हजार माथिका िहमाल आरोहण गरेको रेकर्ड बनाएका थिए । तर त्यसलाई अरुले नै पछि तोडेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १२ : ०९ बजे