पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले अदालतले तोकेको धरौटी रकम बुझाए पनि उनटी सिआइवीकै थुनामा छन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न आदेश दिएको थियो । पुनसहित ६ जनालाई धरौटी बुझेर प्रहरीलाई छाड्न आदेश दिए पनि उनले धरौटी नबुझाएकाले कारागार चलान भएका थिए ।
शुक्रबार पुनले धरौटी बुझाएका हुन् । योसँगै रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही प्रहरीले फेरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुझाएको छ ।
सोसँगै पुनलाई सीआईबीले काठमाडौं ल्याउँदै छ। अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको थियो ।