१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

उपप्रधानमन्त्री लामिछानेद्वारा संसद बोल्न पाउनु पर्ने माग



सहकारीको रकम अपचलन गरेको आरोपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि संसदीय छानविनको माग भइरहेको बेला लामिछानेले भने आफुले संसदमा बोल्न पाउनु पर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही समययता उनको विरुद्ध लगातार प्रश्न उठाइरहेको छ भने उनलाई संसदमा बोल्न दिइएको छैन ।

उनले मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र लेखेर उनले संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् ।

संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको भनाइ छ ।

जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरुले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी भएको उनले बताएका छन् ।

कांग्रेसले भने संसदीइ छानविन समिति गठनको आफ्नो माग माग पूरा नभएसम्म लामिछानेलाई संसदको रोष्ट्रममा जान नदिने अडान लिएको छ ।

गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै पनि विषयमा उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट दिएको पत्र पनि सभामुखलाई बुझाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ४ : ०८ बजे