४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सगरमाथामा दुई नेपाली महिलाको अलग अलग किर्तीमान



यस वर्षको बसन्तकालिन सिजनमा दुई नेपाली महिला आरोहीहरु पूर्णिमा श्रेष्ठ र फुन्जो झाङ्मु लामाले सगरमाथामा दुई छुट्टा छुट्टै बिश्व किर्तीमान कायम गरेका छन् ।

हिमाल आरोही पुर्णिमा श्रेष्ठले एकै सिजनमा तेश्रो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छिन् भने आरोही फुन्जो झाङ्मु लामा सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गर्ने महिला बनेकी छिन् ।

शनिवार बिहान ५:५० बजे श्रेष्ठले सगरमाथाको एकै सिजनमा तेस्रो पटक सफल आरोहण गरेकी हुन् । सगरमाथा आरोहणका हिसाबले यो उनको चौंथो आरोहण हो भने यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिना बनेकी छन् ।

उनले यसअघि यही सिजनको मे १२ दोश्रोपटक र मे १९ मा तेश्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन् ।

उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन् । उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेर ८ हजार माथीको हिमाल आरोहणको सुरुवात गरेकी थिइन् ।


सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गरेर किर्तीमान कायम गर्ने लामा पनि गोरखाकी नै हुन् । उनले जेठ १२ गते आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै चुचुरो चुमेकी हुन् । ३३ वर्षीय आरोही लामा बिहीबार बिहान ६: २३ बजे सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जनाएको छ । यसअघि सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड हङकङकी स्याङ यिन हङको नाममा थियो । उनले २५ घण्टा ५० मिनेटमा आरोहण गरी विश्व रेकर्ड राखेकी थिइन् ।

हङकङकी स्याङ यिन हङको नाममा यो किर्तीमान पुग्नु अघि यो किर्तीमान फुन्जोसॅगै थियो । उनलेपुन प्राप्त गरेकी हुन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ५ : २४ बजे