११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

निर्मल पुर्जाले सगरमाथा आरोहणबारे भ्रम फैलायो : पर्यटन विभाग



किर्तीमानी आरोही निर्मल पुर्जाले वसन्त ऋतुको जारी सगरमाथा आरोहणलाई प्रभावित वनाउने गरी भ्रम फैलाएको पर्यटन विभागको छानविन जनाएको छ । साथै यस विषयमा छानविन भइरहेको उल्लेख गरेको छ ।

विभागले एक विज्ञप्ती जारी गरी पुर्जाले आइतबार आफ्नो इन्स्टाग्राममार्फत सगरमाथा आरोहणका क्रममा आफू उक्लिदै गर्दा ८ हजार मिटर उचाईमा पर्ने बाल्कोनी र साउथ समिटको बीच भागमा आरोहीको सहायताका लागि टाँगिएको डोरी काटिएको जानकारी गराएको भन्दै उक्त कुरा उनले छरेको भ्रममात्र रहेको विभागकझ भनाई छ ।

उनले इन्स्टाग्राममा हिमाल आरोहणका क्रममा मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने पिक प्रमोसन प्रालिको टोलीका बाबु शेर्पासँग भएको कुराकानी राखेका थिए । पर्यटन विभागले भने त्यसको खण्डन गरेको हो । विभागले पुर्जाले उक्त जानकारी सार्वजनिक गरेपछि पनि पायोनियर एडभेन्चर प्रालिको टोलीले सोमबार विहान १२:४५ मा सगरमाथाको सफल आरोहण गरेको र पुर्जाले भने जस्तो कुनै समस्या नरहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सगरमाथा आरोहण सञ्चालक समितिको बैठकले पनि त्यस्तो कुनै समस्या नभएको निष्कर्ष निकालेको उल्लेख छ । विभागले सगरमाथा आधार शिविरमा रहेको आफ्नो फिल्ड कार्यालयले जारी गरेको सूचनाबाहेक अन्य जानकारीहरु आधिकारिक नहुने पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ४ : ३१ बजे