८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

वित्तीय संस्थाविरुद्ध देशव्यापी आन्दोलनको घोषणा



लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमको घोषणा गरेको हुन् ।

समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

उनले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरेका छन् । ज्ञवालीले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी पनि दिए ।

उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन सरकारलाई सचेत गराएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ४ : ५० बजे