८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

६ किलो सुन र ४८ लाख नगदसहित एक जना चिनियाँ पक्राउ



नेपाल प्रहरीले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँ नगदसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनु्सार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ । यसअघि पनि काभ्रे र काठमाडौंबाट नक्कली नागरिकता लिएर सुन तस्करी गर्नेहरु पक्राउ पर्ने गरेका थिए ।

अहिले फेरि त्यस्तै प्रकृतिको घटना भएकाले प्रहरीले उक्त नागरिकता नक्कली भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ४ : १६ बजे