८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

रक्षक नै भक्षक: किशोरीमाथि प्रहरी जवानको जबरजस्ती



एक १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट छन् ।

ती १७ वर्षीया किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रिजालले नाबालिकामाथि जबरजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ हो । पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  ३ : ५६ बजे