१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

काठमाडौं महानगरले गैरआवासीय नेपाली नागरिकता सिफारिसमा १० हजार लिने



काठमाडौं महानगरपालिकाले गैरआवासीय नेपालीको नागरिकता सिफारिस दिँदा १० हजार शुल्क लिने भएको छ । महानगरकै स्थायीबासिन्दाले नेपाली नागरिकता सिफारिस निशुल्क पाएपनि गैर आवासीय नेपालीसँग गैरआवासीय नागरिकताको सिफारिस बापत १० हजार अशुल्ने भएको हो ।

महानगरको सोमबार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस्तो ब्वस्था गरिएको हो । सरकारले चालु आर्थिक वर्षबाट गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेको छ ।

त्यस्तै, अंगिकृत नागरिकता सिफारिसको लागि १५ हजार र वैवाहिक अंगिकृत नागरिकता सिफारिसको २५ सय शुल्क लिने प्रस्ताव गरेको छ।

महानगरले नागरिकता बाहेक आर्थिक अवस्था सम्बन्धी सिफारिस, अपांगता भएका व्यक्तिको सिफारिस, जनजाती/बेरोजगारको सिफारिस, नाबालक सम्बन्धी सिफारिस, स्वास्थ्य उपचार सिफारिस भने निशुल्क गरेको छ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ८ : ५० बजे