कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।
एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेशसँगै देवले आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका थिए । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुगेका थिए । त्यसपछि उनी कांग्रेसबाट राष्ट्रिय सभा सांसद बनेका थिए ।