६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

ट्रम्पले उपराष्ट्रपति ह्यारिसको राष्ट्रियता र योग्यता प्रश्न उठाएपछिको तरंग



अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले उपराष्ट्रपति तथा आउँदो चुनावमा डेमोक्र्याटिक पार्टीको राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको राष्ट्रियता र योग्यतामा प्रश्न उठाएपछि अमेरिकी राजनीति तरंकित भएको छ ।

उनले अश्वेत (ब्ल्याक) पत्रकारहरुको सम्मेलनमा पश्नको जवाफ दिंगै उपराष्ट्रपति ह्यारिस केही वर्षअघिसम्म भारतीय भनेर चिनिएको र अहिले एक्कासी अश्वेत बन्न थालेको टिप्पणी गरेका थिए । “मलाई उनी के हुन्अ थाहा छैन, अब अश्वेतका रूपमा चिनिन चाहिन्छन्,’ उनले भने ।

‘त्यसैले मलाई थाहा छैन, उनी भारतीय हुन् कि अश्वेत?’ उनले थपे, ‘म दुवै (जात)लाई सम्मान गर्छु। तर, निश्चय नै उनी गर्दिनन्। किनकि यत्तिका समय उनी भारतीय थिइन्, अब अचानक अश्वेत बनिन्।’

यसप्रति प्रतिक्रिया दिँदै ह्यारिसले ट्रम्पले विभाजन र अपमानको प्रयास गरेको बताइन् । सीथै उनले अमेरिकी जनता यो भन्दा उन्नत अबस्थाका लागि योग्य भएको बताईन् ।

ह्यारिसकी आमा भारतीय र बुवा जमैकन मूलका हुन्। उनलाई पहिलो भारतीय-अश्वेत अमेरिकी उपराष्टिरपतिको रुपमा चिनिन्छन्व।

ट्रम्पको यस्तो टिप्पणीको चर्को आलोचना भएको छ। उनले अर्को व्यक्तिको पहिचान तोक्न खोजेको भन्दै विरोध भएको छ। यसले अमेरिकी जनमतलाई बिभाजनतर्फ धकेलेको छ ।

ट्रम्पले ह्यारिसको शैक्षिक योग्यतामा पनि प्रश्न उठाएका छन्। उनले भने , ‘म तपाईंहरूलाई तथ्य मात्र भन्दैछु। उनले बारको परीक्षा पास गरिनन्। कहिल्यै पास गर्छुजस्तो पनि उनलाई लागेको थिएन। त्यसपछि के भयो मलाई थाहा छैन । सायद उनले पास गरिन् ।

ह्यारिसले युनिभर्सिटी अफ क्यालिफोर्निया ह्यस्टिङ्स कलेज अफ लबाट १९८९ मा स्नातक गरेकी थिइन्। बारको परीक्षामा पहिलोपटक उनी फेल भएकी थिइन्। दोस्रो प्रयासमा उनी पास भएकी थिइन्।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ३२ बजे