१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

हिमताल फुटेर दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति



सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामे गाउँलाई पूर्ण रुपमा क्षती पुर्याएको छ । थामे गाउँ हिमाल आरोहीहरुको गाउँ भनेर पनि चिनिन्छ ।

स्थानीयका अनुसार थिङ्बो हिम ताल फुटेर बाढी आउँदा दूधकोशीमा ठूलो बाढी आएको र त्यसले क्षती पुर्याएको बताइएको छ ।

माथिल्लो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले दूधकोशीको बाढीको फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै तटीय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : २० बजे