संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्नता बारे सोधपुछका लागि बोलाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको बेला गैरकानुनी रुपमा विभिन्न सहकारीबाट ९० करोड भन्दा धेरै रकम ऋण लिएर नलिएको आरोप लाग्दै आएको छ । लामिछानेले भने आफुलाई सहकारीबाट ऋण लिएकोबारे थाहा नभएको दावी गर्दै आएका छन् ।
ती सहकारीहरु उनका तत्कालिलन व्यवसायिक साझेदार जीवी राई सञ्चालक रहेका हुन् । सहकारीको रकम ठगीको आरोप लागेपछि राई हाल फरार छन् । गोर्खा मिडियामा राई अध्यक्ष र लामिछाने १५ प्रतिशत शेयर सहित प्रबन्ध निर्देशक थिए ।
उनलाई गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरेको हो ।
समितिले लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका बेला नै सोधपुछका लागि बोलाउन खोजेको थियो । त्यतिबेला लामिछानेले समितिमा उपस्थित हुन समय नभएको भन्दै पन्छिएको बताइएको छ ।