जनमत पार्टीका अध्यक्ष सांसद डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । उनले ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन् ।
राउतकी भारतीय नागरिक श्रीमती सिन्धु रानीले आफुसँग घरमा नबस्ने, माइत मात्र जाने गरेको, दुई छोरी र एक छोराको देखबाल नगरेको भन्दै राउते सम्बन्ध बिच्छेदको फिराद हालेका हुन् ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ‘अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेको बताइएको छ । छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ।
आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन् ।
मधेस प्रदेशको सप्तरी जिल्लामा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन्। उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । अमेरिकाको नासामा काम गर्दै गरेका राउत नेपाल फर्केर राजनीतिमा लागेका थिए ।









