५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

अवैध रूपमा अमेरिका छिर्न खोज्नेमाथि गोली चलाउॅदा नेपालीसहित ६ को मृत्यु



अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरुमाथि मेक्सिकाको सेनाले गोली चलाउँदा नेपालीसहित ६ जनाको मृत्यु भएको बताईएको छ । यद्यपी मृतकहरुको सनाखत हुन नसकेको बीबीसीले जनाएको छ ।

उत्तरी ग्वाटेमालाको सीमा क्षेत्रमा मंगलबार सैनिकले गोली चलाउँदा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएको हो ।

मृत्यु हुनेमा नेपाल, इजिप्ट, क्युबा, भारत र पाकिस्तानका नागरिक रहेको बताइएको छ। यद्यपि, मृत्यु हुनेहरुको पहिचान भने खुलाइएको छैन। सैनिकहरुले चेकपोस्टमा गाडी रोक्न खोज्दा चालकले जबर्जस्ती गाडी कुदाएका थिए। त्यसपछि सेनाले गोली चलाएको थियो।

गाडीमा रहेका अन्य १७ जनालाई पनि पक्राउ गरेर अध्यागमनको जिम्मा लगाइएको बताइएको छ। मेक्सिको हुँदै अमेरिका छिर्न खोज्न आप्रवासीलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : १४ बजे