३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

नेपालमा बाढीपहिरोमा परी २३६ ले ज्यान गुमाए, १९ अझै बेपत्ता



केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुवानमा परी नेपालमा २३६ जनाले ज्यान गुमाएको छ । गृहमन्त्रालयका अनुसार जसमध्ये मृत्यु हुनेमा ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका रहेका छना् । अझै १९ जना बेपत्ता छन् भने दश हजार भन्दा धेरै प्रभावित भएको बताइएको छ । घाइतेहरुको १६५ जनाको उपचार भइरहेको छ ।

यही असोज ११ र १२ गते परेको अवरल वर्षाले मुलुभर बाढीपहिरो र डुवानको समस्या निम्त्याएको थियो । मन्त्रालयले प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको पनि जनाएको छ । त्यसमध्ये ९ सय १० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

बाढीपहिरोले क्षती पुर्‍याएको भौतिम संरचनाको मर्मत तथा पुर्ननिर्माण गर्न मात्र २५ अर्व भन्दा धेरै रकम लाग्ने प्रारम्भिक अनुमान लगाइएको छ । राजधानी काठमाडौंसँग जोडीएका राजमार्गहरु अझै सुचारु हुन सकेको छैन । मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ ।

यातायातका साधन सहज रुपमा सन्चालनका लागि वैकल्पिक सडक बनाउने र खाल्डाखुल्डी पुर्ने काम जारी रहेपनि नजिकिएको दशैंभन्दा अघि यातायात सूचारु हुन सक्ने संभावना कमै रहेको सरकारी अधिकारीहरुले नै बताइरहेका छन् ।

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ भने ५ हजार ३१० लाई अंशिक रुपमा क्षति पुगेको छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् । ११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । त्यसैगरी ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संस्थामा पनि बाढी पहिरोले क्षति पुगेको पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १५ बजे