२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

कोरलामा अध्यागमन कार्यालय, रसुवमगढीबाट आयात सुरु



चीनसँगको सिमास्थित मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । बुधवार गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन् ।

लोमान्थाङ स्थित कोरलामा आयोजित अध्यागमन कार्यालय उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सुरक्षा अधिकारीहरू सहभागी थिए ।

चीनसँगको सिमा नाका कोरलामा चीनतर्फ अध्यागमन कार्यालय रहेपनि नेपालतर्फ भने थिएन । हाले मन्त्रिपरिषद्ले कोरलामा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरे बमोजिम बुधबार स्थापना गरिएको हो ।

रसुवागढी नाकाबाट आयात सुरु

यसैबीच बाढी पहिरोपछि अबरुद्ध रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै रसुवागढी नाकामा रोकिएर रहेको कन्टेनहरु आउन सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नास्पति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएको बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : ०९ बजे