२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

अमेरिकी राष्ट्रपतीय चुनाव: चुनावको दिनअघि नै ७८ मिलियनद्वारा मतदान



अमेरिकी राष्ट्रपतीय चुनावमा पूर्व मतदानले रेकर्ड तोडेको छ । ५ नोभेम्वरको तोकिएको मतदान अघि नै ७८ मिलियन ७ करोड ८० लाख भन्दा धेरैले मतदान गरिसकेका छन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार यतिका ठूलो संख्यामा मतदान हुनुले धेरैजसो राज्यहरूमा प्रारम्भिक मतदानको नयाँ रेकर्ड कायम भएको छ ।

प्राप्त जानकारीहरु अनुसार उत्तर क्यारोलिना प्रारम्भिक मतदानको अग्रस्थानमा रहेको छ । यो स्वीङ स्टेट पनि हो । यहाँ ‘टार हिल स्टेट’ मा ४.४ मिलियनभन्दा बढी व्यक्तिले चुनावको दिनअघि नै मतदान गरिसकेका छन्, जसले २०२० मा चुनाव दिनअघि खसेको ३.६ मिलियन मतको रेकर्डलाई पार गरिसकेको छ ।

प्रारम्भिक मतदान अन्य तीन निर्णायक राज्यहरू – मिशिगन, विस्कोन्सिन, र पेनसिल्भेनियामा पनि जारी छ ।

प्रारम्भिक मतदानमा रिपब्लिकनहरू पछि: राष्ट्रव्यापी रूपमा खसेका प्रारम्भिक मतहरूको ३६.१% रिपब्लिनहरुले पाएका छन् । यो २०२० मा ३०.५% थियो, यसपटक डेमोक्र्याटहरूले ३८.९% हिस्सा लिएका छन् जुन २०२० मा ४४.८% थियो ।
महिलाहरू ठूलो संख्यामा सहभागी: प्रारम्भिक मतदानको लैंगित बिश्लेषण गर्दा ६ वटा राज्यमा महिलाहरूले हालसम्म खसेका प्रारम्भिक मतहरूको ५४.२% हिस्सा ओगटेको छ, जुन २०२० को एक्जिट पोलको भन्दा बढी हो ।
महत्त्वपूर्ण राज्यहरूको अवस्था मिश्रित: जर्जियामा ५०% भन्दा बढी योग्य मतदाताले अहिले मतदान गरिसकेका छन्, जहाँ प्रारम्भिक मतदानको सहभागिता २०२० को तुलनामा बढि हो । तर पेन्सिलभेनियामा दर्ता भएका डेमोक्र्याटहरूले रिपब्लिकनहरूभन्दा बढी मतदान गरिसकेका छन् – यद्यपि २०२० भन्दा सानो अन्तरमा, त्यस बेला राज्यमा बाइडेनले जितेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ११ : ३३ बजे