१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन



डोनाल्ड ट्रम्पले फेरि अमेरिकाको राष्ट्रपतिमा फेरी निर्वाचित भएका छन् । हिलारी क्लिन्टनलाई आश्चर्यजनक रूपमा पराजित गरेको आठ वर्षपछि र जो बाइडेनले उनलाई ह्वाइट हाउसबाट हटाएको चार वर्षपछि, पूर्व राष्ट्रपति ट्रम्प फेरी राष्ट्रपतिको पदमा पुगेका छन्।

“भव्य विजय” को स्वागत गर्दै, रिपब्लिकन नेता ट्रम्पले फ्लोरिडामा खुसीयाली भीडलाई भने: “अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ।”
राष्ट्रपतिमा निर्वाचित ट्रम्पले उत्तर क्यारोलाइना, विस्कन्सिन, पेनसिलभानिया र जर्जिया जस्ता स्विङ राज्यहरू जितेर विजयी सुनिश्चित गरेका हुन् ।
कमला ह्यारिसले अहिलेसम्म हार स्वीकार गरेकी छैनन् र आफ्ना समर्थकहरूलाई सम्बोधन गरेकी छैनन् – निराश समर्थकहरू अन्तिम परिणाम नआउँदै उनको वाच पार्टी छोडेर गइसकेका छन् ।
यसैबीच, रिपब्लिकनहरूले पनि डेमोक्र्याटहरूबाट सिनेट पुनः हातमा लिएका छन्, किनकि महत्वपूर्ण सिटहरू आफ्नो पक्षमा ल्याई सकेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ३२ बजे