नेपाल चिकित्स अध्ययन सस्थान केन्द्रीय विभागले विश्वविख्यात विश्वविद्यालय हाडवर्ड र एमआइटीमा अध्ययनरत मिङमार शेर्पालाई भिजिटिङ स्कलरको रुपमा स्वागत गर्ने निर्णय गरेको छ । शेर्पाले नेपालको दुर्गम क्षेत्रका समुदायमा देखिने स्वास्थ्य चुनौतीहरूको समाधानमा केन्द्रित ‘माइक्रोन्युट्रिएन्ट र स्वास्थ्य’ सम्बन्धी अनुसन्धान गर्नेछन् ।
विभागले शेर्पाको यो अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै, यो कामले सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । यो अनुसन्धानले पोषण र रोगप्रतिरोधात्मक क्षमताबीचको सम्बन्धको अध्ययन गर्दै रोग रोकथाम र समग्र स्वास्थ्य सुधारमा नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको मिङमारको प्रस्ताव स्वीकार गरिएको पत्रमा उल्लेख छ ।
केन्द्रीय विभागका अनुसार, “शेर्पाको अनुसन्धानले पोषणको क्षेत्रमा नयाँ वैज्ञानिक दृष्टिकोण ल्याउन मद्दत गर्नेछ र यसले नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।” भिजिटिङ स्कलरको रूपमा शेर्पालाई विभागका प्रयोगशालाहरू, अनुसन्धान स्रोतहरू, र संकाय सदस्यहरूसँग सहकार्यको अवसर पनि उपलब्ध गराइने बताइएको छ ।
शेर्पाको आगमनले विश्वविद्यालयको शैक्षिक वातावरणलाई थप समृद्ध पार्ने विश्वास गर्दै विभागले उनलाई आवश्यक समन्वय र सहयोग उपलब्ध गराउने जानकारी पनि दिएको छ ।
को हुन मिङमार शेर्पा
सोलुखुम्बु दुधकण्ढ नगरपालिका सल्लेरीमा जन्मेका मिङमार आङ जाङबु शेर्पा र पुटी शेर्पाको कान्छा छोरा हुन । उनी फाप्लु सामुदायिक विद्यालयमा एसएलसि सकेर सेन्टजेभियर्सबाट ए लेभल पुरा गरि अमेरिकाको युनिभर्सिटि अफ एलाबम अफ एटबर्मिहयामबाट बायो मेडिकलमा व्याचलर गरेका थिए । उनी विगत ३ बर्षदेखिन एमआइटिमा सेल सर्कल रेगुलेसनको क्यान्सर सम्बन्धीत अध्ययन अनुसन्धान गरिरहेका छन । यस वीचमा छाला क्यान्सरको अनुसन्धानको वेलयतमा पनि गएका थिए । यसै क्रममा उनले अहिलेसम्म विभिन्न मुलुकको १७ मेडिकल सम्मेलनमा भाग लिएका थिए । उक्त सम्मेलनपछि एआइको माध्यामबाट छालामा हुने क्यान्सर रोग सम्बन्धीत विषयमा उनले सोधपत्र प्रकाशित गरिसकेका छन । उनले गरेको अध्ययन अनुसन्धान र मेहनेतकै कारण एकेडेमी अफ मेडिकल साइन्स युकेले ४५ लाख रुपियाको पुरस्कार दिएका थिए । उनले नेपालको शिक्षा क्षेत्रको विकासको लागी ब्राइट भिजन मार्फत सोलुखुम्बुमा निशुल्क कम्प्युटर शिक्षा दिइरहेका छन । त्यही मार्फत नेपालको विभिन्न क्षेत्रमा स्वस्थ्य शिविर लैजाने योजना बनाइरहेका छन । नेपालको स्वस्थ्य क्षेत्रको विकासको लागी त्रिवि संग समन्वय गर्न चाडै नेपाल जाने योजना बनाइरहेका छन ।