१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

प्रधानमन्त्री ओलीमाथि संगीन आरोप लगाएपछि दुर्गा प्रसाईं पक्राउ



प्रधानमन्त्री केपी ओलीमाथी गम्भिर आरोप लगाएर भिडियो सार्वजनिक थरेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनले ओलीले कम्बोडियाको एक टेलिकममा ३२ अर्व नेपाली रुपैयाँ लगानी गरेको भन्दै पत्रकार सम्मेलन गरी भिडियो सार्वजनिक गरेका थिए ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी साइबर व्यूरोलाई बुझाएको छ । प्रहरीले उनको विरुद्ध बिभिन्न उजरीमा अनुसन्धान गरिरहेको भए पनि सोमबार उनले प्रधानमन्त्री ओलीबिरुद्ध नै गम्भिर आरोप लगाएपछि पक्राउ गर्नु परेको उल्लेख गरेको छ ।

उनले सार्वजनिक गरेको कागजमा प्रधानमन्त्री ओलीको नाम नै फरक रहेको छ । नागरिकतामा केपी ओली मात्र रहे पनि सार्वजनिक गरिएको एउटा कागजमा अंग्रेजीमा खड्काप्रसाद ओली लेखिएको छ भने अर्को कागजमा खड्गप्रसाद ओली उल्लेख छ । ती कागजहरुमा ओलीको हस्ताक्षरसमेत रहेका छन् ।

प्रहरीले सरकार प्रमुखको किर्ते हस्ताक्षर गरेको मामिलामा पनि अनुसन्धान हुने उल्लेख गरेको छ । साथै प्रसाई एक्लैले नभई उक्त कार्यमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएकोले संगठित अपराधमा समेत अनुसन्धान हुनसक्ने बताइएको छ।

प्रसाईं यसअघि असोज ६ गते पनि साइवर क्राइमको आरोफमा पक्राउ गरिएको थियो । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको जाहेरीमा उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १ : २८ बजे