१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी



कीर्तिपुर नगरपालिकामा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । सुरूदेखि नै अगाडि रहेका डंगोलले ५३३४ मत पाएर जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४५५५ मत पाए भने एमालेका सुरेन्द्र मानन्धरले ४३३७ पाएर तेस्रो भए ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २०३६ मत, स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १३१४ मत र दिनेशकुमार अधिकारीले १०४८ मत पाएका छन् । यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए । उनले ९०४३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : ५७ बजे