१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

प्रधानमन्त्री ओलीले गरे चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवर्ता, ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर



चार दिने चीन भ्रमणको दोस्रोदिन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिन र प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङबीच मंगबार बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि ९ वाट सहमति र समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा हस्ताक्षर कार्यक्रमपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको जानकारी दिएका छन् ।

सहमति र समझदारी पत्रमा टोखा-छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापारसम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनःनिर्माण प्रमाणपत्र, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोग समझदारीपत्र रहेका छन् ।

यसै क्रममा नगद अनुदानसम्बन्धी पत्र आदानप्रदान गरिएको छ । स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ । नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरी सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

द्विपक्षीय वार्ताका क्रममा कनेक्टिभिटी, पूर्वाधार विकास, औद्योगिक विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद व्यवस्थापन, जनता जनता सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : २५ बजे