१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

रवि थप चार दिन हिरासतमा



जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो । कात्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन् ।

यसबीचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ ।

अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी छ । सहकारी ठगीसँगै सम्पत्ति सुद्धिकरण र संगठित अपराधमा पनि अनुसन्धान गरिरहेको प्रहरीले बढीमा पुस ६ गतेसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ । लामिछानेसँगै गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल बन्जाडे जोशी पनि हिरासतमा छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : १६ बजे