५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

एनपिएलको फाइनलमा जनकपुर र सुदूरपश्चिम



नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ‍ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा प्रवश गरेको हो । फाइनल खेल शनिबार हुनेछ।

यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिम फाइनलमा पुगिसकेको थियो । यो एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीचको तेस्रो भिडन्त हुने छ । यसअघि भएका दुबै खेलमा जनकपुरलाई सुदूरपश्चिमले पराजित गरेको थियो ।

बिहीबार कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरका शीर्ष तीन ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनरद्वय शुभ कंसाकार ३ रन र कप्तान आसिफ शेख ४ रनमै आउट भए। लाहिरू मिलान्था पनि २ रनमा आउट भएपछि जनकपुरले चार ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : ०६ बजे