४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

एनआरएन विभाजनसंगै जन्मियो शेष घले समुहको युएनडिओ




विदेशमा बस्ने नेपालीहरुको एक मात्र सस्था थियो एनआरएनए । जतिखेर उपेन्द्र, जिवा र शेष घलेको नेतृत्वसम्म । त्यसपछि भवन भट्ट हुदै कुमार पन्तको नेतृत्वले एनआरएनएलाई पुरैलथालिङग बनाएको छ । कुमार पन्तकै कार्यकालमा ३ जना अध्यक्ष बनाएर गुटउपगुट हुदै एनआरएनए दुई चिरामा विभाजित भएको हो । विशेष गरि नेपालको राजनितिक दल कंग्रेस, एमाले र माओवादीको इशारामा अघि बडेको एनआरएनए अहिले तितरवितर भएका छन । एनआरएनका विभिन्न मुलुकको समन्वय समितिहरुले केही कार्य गदै आइरहेपनि केन्द्रमा विभाजित दुई थरिको एनआरएएको कारण गर्न सकिरहेको छैन । यही मौकामा शेष घले समुहले अर्को सस्था गठन गरेका छन ।

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ‘ यूएनडीओ ‘ नामक यो सस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गत २८ र २९ मा काठमाण्डौमा गरेको छ । महाधिवेशनले सोनाम लामाको अध्यक्षतामा तीन बर्षको लागि २९ सदस्य कार्यसमिति गठन गरेका छन । विवादीत र विभाजित एनआरएनएको विकल्पमा यो सस्था परराष्ट्र मन्त्रालयमा दर्ता गरि गठन गरेको सोनाम लामाले बताएका छन । यो सस्थामा पनि आगामी दिनमा नेपालको राजनितिक दल प्रवेश गरेपछि एनआरएनए कै हालतमा पुग्ने त होइन भनी चिन्ता समेत गर्न थालेका छन ।

पछिल्लो समय एनआरएनए नेतृत्वहरुको कमजोर कार्यशैलिको कारण विभाजित र विवादीत एनआरएनए जनसम्पर्क समितिसंग तुलना गर्न थालेका छन । हेदै जाउ एनआरए भन्ने सस्था र युएनडिओ कसरी अघि बडछ त्यो हेर्न बाकीनै छ ।

सोनाम लामा नेतृत्वमा को को चयन भएका छन ।

Screenshot

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : २२ बजे