४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

लेखा समितिमका सभापति पोखरेलकी श्रीमती छुटे, पीए पक्राउ



सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइरालालाई सहकारी ठगी सम्बन्धमा अदालतले धरौटीमा छाडेको छ । उनलाई उर्लाबारीको उमागौरी सहकारी ठगी प्रकरणमा विपक्षी बनाइएको थियो ।

बुधबार अदालतमा उपस्थित भएका कोइराला थुनछेक बहसपछि हिजै धरौटीमा छुटेका हुन् ।

यसैबीच बिहीबार भने सभापति पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरीका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । पीडित चौधरी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बासिन्दा हुन् ।

यस सम्बन्धमा सोमबार मोरङ जिल्ला अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पुस १९ गते अनिललाई स्वकीय सचिव पदबाट हटाएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १ : ०५ बजे