४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

रवि र छविसहित सुर्यदर्शन सहकारी ठगिमा हिरासतमा रहेका सबै धरौटीमा छुटे



सूर्यदर्शन सहकारी ठगीको आरोपमा हिरासतमा रहेका सबै अभियुकित धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको थियो ।
अदालतले माग गरेको धरौटी बुझाएर रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित सबै रिहा भएका हुन् ।

रवि लामिछाने अदालतले मागे अनुसार ६५ लाख धरौटी तिरे पछि प्पहरीले श्रीमती निकिता पौडेललाई जिम्मा लगाईएके छ । त्यस्तै पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी तिराएर छाडिएको छ ।
त्यसैगरी लिला पछाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाल १५ लाख, पूर्वसांसद मीना गुरुङ ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङ एक लाख र आरती गुरुङ ५ लाख धरौटी तिरेर निस्किएका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको थियो ।

छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो भमे लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीहरुबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पती सुद्धिकरणमा मुद्दा चलाईएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ११ : ३६ बजे