राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडियामा पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो ।
यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । पोखराको सुर्यदर्शन सहकारीको बचत गैरकानुनी रूपमा गोर्खा मिडियामा आएको देखिएको अदालतले उल्लेख गर्दै कास्की अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनी माथि बुटवल, चितवन र वीरगञ्जमा पनि सहकारीको रकम अपचलन गरेको विषयमा छानविन भइरहेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका कार्यकर्ताले गरे हातपात
सकारी पीडितका वकिलमाथी रविका कार्यकर्ताद्वारा हातपात
सहकारी पीडितको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रवि लामीछानेका कार्यकर्ताले हातपात गरेका छन् ।
बुधबार बहस गरेर निस्कंदै गरेक बर्ला काठमाडौं जिल्ला अदालतको गेट बाहिर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले त्रिपाठीमाथी हातपात गरेका हुन् ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा त्रिपाठीले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।