बहस गरेर काठमाडौं अदालतबाट निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपीट गर्नेलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा अनुसन्धान हुने भएको छ ।
बिहीबार सिंहदरबार वृत्तमा त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा जाहेरी दिए पछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले कुटपिट लगतै अदालत परिसरबाटै दोलखाका ललित केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्र्वको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको छ ।
अन्य संलग्नको पहिचान गर्ने र कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जाहेरवालाको तर्फबाट बहस गरेर बाहिरिएपछि त्रिपाठीलाई रवि लामिछानेका समर्थकले हातपात गरेका थिए ।
उक्त घटनाको चौतर्फी निन्दा भइरहेको छ । संलग्नमाथि कारबाही गर्न पनि माग गरेका छन् ।