१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

ट्रम्पले जेएफके र एमएफके हत्या सम्बन्धी सबै फाइलहरू सार्वजनिक गर्न आदेश



 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तीन ऐतिहासिक र चर्चित हत्या प्रकरणहरू—जोहन एफ केनेडी, रबर्ट एफ केनेडी, र मार्टिन लुथर किंग जुनियरको हत्य सम्बन्धी सबै गोप्य फाइलहरू सार्वजनिक गर्न आदेश दिएका छन् ।

“धेरै मानिसले दशकौँदेखि यसको प्रतीक्षा गरिरहेका छन्,” ट्रम्पले बिहीबार ओभल अफिसमा पत्रकारहरूलाई भने, “अब सबै कुरा खुलासा हुनेछ ।”

ट्रम्पको आदेशले प्रशासनलाई १५ दिनभित्र कागजात सार्वजनिक गर्नको लागि योजना प्रस्तुत गर्न निर्देशन दिएको छ । तर, यसले तत्काल फाइलहरू सार्वजनिक हुने सुनिश्चित भने गर्दैन।

तत्कालिन अमेरिकी राष्ट्रपति केनेडी १९६३ मा डलास, टेक्सासमा गोली प्रहारबाट मारिएका थिए । राष्ट्रपति पदको उम्मेदवारीका क्रममा १९६८ मा क्यालिफोर्नियामा रबर्ट एफ केनेडी मारिएका थिए भने अमेरिकाका सबैभन्दा प्रसिद्ध नागरिक अधिकारवादी नेता  मार्टिन लुथर किंग जुनियरको १९६८ मा टेनेसीको मेम्फिसमा हत्या गरिएका थिए ।

यी घटनासँग सम्बन्धित थुप्रै कागजात वर्षौंदेखि सार्वजनिक गरिए पनि अझै हजारौं फाइल गोप्य छन्। विशेषगरी, जोन केनडीको हत्यासम्बन्धी अनुसन्धानमा धेरै कागजात सेन्सर गरिएको छ ।

जोहन एफ केनेडीलाई ली हार्भी ओस्वाल्ड नामक मेरिन कोर्प्सका पूर्व सदस्यले गोली हानेका थिए । एक सरकारी आयोगले ओस्वाल्डले एक्लै कार्य गरेको ठहर गरेको थियो। तर, यो घटनाका अनुत्तरित प्रश्नहरूले सरकारका एजेन्टहरू, माफिया, र अन्य समूहहरूको संलग्नताबारे वैकल्पिक सिद्धान्तहरूलाई बल दिएको छ।

१९९२ मा अमेरिकी कंग्रेसले सबै कागजातहरू २५ वर्षभित्र सार्वजनिक गर्ने कानून पास गरेको थियो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सबै फाइल सार्वजनिक गर्ने वाचा गरे पनि सीआईए र एफबीआईको सिफारिसपछि केही फाइलहरू गोप्य राखेका थिए। आजको कार्यकारी आदेशमा भनिएको छ, “गोपनीयताको निरन्तरता जनताको चासोअनुकूल छैन ।”

विशेषज्ञ जेफरसन मोरलीले भने राष्ट्रपतिको यो कदम महत्त्वपूर्ण भए पपनि यो प्रक्रिया कसरी कार्यान्वयन हुन्छ भन्ने कुरा अझै स्पष्ट नभएको बताएका छन् । 

हालैका कागजात सार्वजनिकले हत्या प्रकरणसँग सम्बन्धित नयाँ विवरणहरू उजागर गरेको छ । २०२३ मा पावल ल्यान्डिस नामक ८८ वर्षीय पूर्व गोप्य सेवा अधिकारीले घटनास्थलको नयाँ विवरण दिएका थिए, जसले थप अनुसन्धानको मागलाई बल दिएको छ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : १६ बजे