५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

अमेरिकामा टोर्नाडो र प्रकोपजन्य मौसमको कारण ४० जनाको मृत्यु



अमेरिकाका विभिन्न राज्यहरूमा बिहीबारदेखि सुरु भएको टोर्नाडो, उच्च वायु र जङ्गलमा लागेको आगोले कम्तीमा ४० जनाको ज्यान लिइसकेको छ ।

शनिबारदेखि आइतबार बिहानसम्म जॉर्जिया, मिडिसिपी, अर्कान्सस र अलाबामा टोर्नाडोले क्षति प्रर्‍याएको थियो । यस प्रकोपले राज्यहरुलाई आपतकालिन अवस्थासम्म पुर्याएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक विज्ञप्तिमा नेशनल गार्डलाई तैनाथ गरिएको जानकारी दिएका छन् ।

जॉर्जिया, मिसिसिपी, अलाबामा र अर्कान्ससमा आपतकालीन अवस्थाका कारण जाँच बढाइएको छ । विशेष गरी, मिसिसिपी र अलाबामामा उच्च जोखिमको मौसमको सम्भावना रहेको जानकारी दिइएको छ ।

मिसोरीमा १२ जना, मिडिसिपीमा ६ जना, अलाबामा र अर्कान्ससमा ३-३ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसका साथै, शुक्रवारका दिन धूलोको आँधीका कारण रोड दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

ओक्लाहोमामा पनि जंगली आगो र तिब्र हावाका कारण ४ जनाको मृत्यु भएको र १२ वटा काउन्टीमा आपतकालीन स्थिति घोषित गरिएको छ ।

अर्को रिपोर्टका अनुसार, फ्लोरिडा र नर्थ क्यारोलिनामा टोर्नाडोको चेतावनी जारी गरिएको छ । ३८ मिलियन मानिस विभिन्न स्थानमा उच्च जोखिमको अन्तर्गत रहेका छन् ।

यस प्रकोपका कारण मौसम विज्ञहरू यस घटनासँग सम्बन्धित विविध अध्ययनहरू गर्दैछन् ताकि भविष्यमा यस्ता घटनाहरूको पूर्वानुमान गर्न सजिलो होस् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ४ : ५६ बजे