१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

अमेरिकी सोशल सिक्योरिटीको फोन सहायता घटाउने तयारी



अमेरिकी सोशल सिक्योरिटी एडमिनिस्ट्रेसनको एक आन्तरिक मेमोले फोन सेवामा परिवर्तनको प्रस्ताव गरेको छ । समाचार पोर्टल अक्सिसका अनुसार यसले धेरै अमेरिकीहरूलाई सफसल सेक्युरिटीको आवेदन प्रक्रियामा बाधा पुर्याउन सक्छ ।

ट्रम्प प्रशासनले बारम्बार धोखाधडी र अपव्ययलाई सम्बोधन गर्ने बाहेक सोशल सिक्योरिटीमा कुनै परिवर्तन गर्ने योजना नबनाएको बताउँदै आएको छ । तर यी प्रस्तावहरूले पहिल्यै ढिलाइ र कर्मचारी कटौतीको सामना गरिरहेको प्रणालीलाई “कमजोर” पार्ने जोखिम उठाएको बताइएको छ ।

अक्सिसले मार्च १३ मा ओपरेशन विभागका लागि कार्यवाहक उपआयुक्त डोरिस डियाज़ले हस्ताक्षर गरेको मेमोको एक मस्यौदा प्राप्त गरेको उल्लेख गर्दै त्यसले कार्यवाहक आयुक्त लील्याण्ड डुडेकलाई पठाइएको संस्करणका स्क्रिनशटहरू प्रकाशित गरेको थियो ।

यो मेमो एजेन्सीले आफ्नो टोल-फ्री फोन लाइन हटाउने कुरालाई अस्वीकार गरेको एक दिन पछि पठाइएको थियो । एजेन्सीले त्यस समय भनेको थियो कि यो परिवर्तनले मात्र फोन मार्फत आफ्नो बैंक खाता जानकारी परिवर्तन गर्ने मानिसहरूलाई रोक्नेछ । तर नयाँ मेमोले फोन मार्फत मानिसहरूले गर्न सक्ने कामलाई अझ सीमित गर्ने प्रस्ताव गरेको छ ।

मेमोका अनुसार, फोन सेवा अझै पनि सामान्य जानकारीका लागि फोन गर्ने व्यक्तिहरुका लागि उपलब्ध गरिने छ जसलाई आफ्नो परिचय प्रमाणित गर्न आवश्यक छैन ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ४ : १२ बजे