राजधानीको शान्तिनगरदेखि पूर्वतिर कर्फ्यु लगाएसँगै सेना परिचालन गरिएको छ । अराजक बनेको राजवादीको एक समुहले विभिन्न स्थानमा आगजनी गर्दै हिंडेपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
प्रशासनले बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ । नर्सिङ दल गणबाट पनि सेनाको एक टोली बालकुमारीतर्फ प्रस्थान गरेको छ ।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।










