राजावादीले काठमाडौँको तीनकुनेमा चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एनी भन्ने पूर्वपत्रकार अनिता कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
एभेन्यूज टिभीका पत्रकार सुरेश रजक जलेर मरेको घरमा आगजनी भइरहँदा त्यही देखिएका कुँवरसँग सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
भिडिओसहितका प्रमाणका आधारमा नमोबुद्ध, काभ्रेकी कुँवरलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । त्यस दिन दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनमा उनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ ।
उनी सुरेशलाई जलाइएको कोठाबाटै उनी बाहिर केही बोलेजस्तो भिडिओमा देखिन्छ । उनीसँगै रहेकाहरूले भित्र भएका सामान सडकमा फालिरहेका हुन्छन् । तलबाट आगो लागिरहँदा उनी माथि नै देखिन्छन् । त्यसको केहीबेरमा उनी बाहिरिए पनि पछि हेर्दा उक्त कोठामा ताला लागेको हुन्छ ।
उनीसँगै एक पुरुष भने आफ्नो अनुहार कपडाले ढाकेर बाहिरिएका थिए । त्यहाँबाट बाहिरिएपछि उनले आगो लागेको भन्दै फेसबुकमा लाइभ गर्दै आगोमा मान्छे जलेको भन्दै उद्दार गर्न भन्दै काराउँछिन् ।
यसैबीच प्रहरीले सोही दिन कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको जनाएकवो छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाइ पक्राउ गरेको हो ।
उनले जडिबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ । उनैले जडिबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको बताइएको छ । यसअघि पनि सोही आरोपमा रोपमा अर्का व्यक्तिलाई पनि पक्राउ गरेको थियो ।. उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
दुर्गा प्रसाईं कमाण्डर तोकिएको उक्त प्रदर्शन हिंसात्मक बन्दा त्यहाँ दुई जनाको ज्यान गएको छ । प्रदर्शनकारीले व्यक्तिका घरमा तोडफोड तथा आगजनी गरेका थिए । प्रहरीसहित सरकारी गाडी, व्यक्तिका गााडी आगजनी गरेका थिए । विभिन्न ठाउँका सीसीटीभी तोडफोड गरेका उनीहरुले भाटभटेनी कम्प्लेक्समा लुटपाट गरेका थिए । यी घटनामा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणासहित ७० भन्दा बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।