५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

सोमबार बिहानदेखि अन्नपूर्ण हिमालमा २ जना बेपत्ता   



अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् ।

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीले जनाएको छ । 

आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको बताइएको छ । 

पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ५८ बजे