२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

न्युयोर्कमा २१५२औ ल्हाप्सो कार्यक्रम भव्यताका साथ सम्पन्न



ल्हाक्पा गेलु शेर्पा, न्युयोर्क :
जब बसन्त ऋतुको पहिलो किरणले पृथ्वीलाई न्यानो स्पर्श गर्न थाल्छ, त्यो केवल मौसमी परिवर्तनको सन्देश होइन, शेर्पा समुदायका लागि त्यो संस्कृति, आस्था र पहिचानको पुनर्जागरणको संकेत हो। यही सन्देश बोकेर अमेरिका स्थित शेर्पा किदुग अमेरिकाको ल्हाप्सो आयोजक समितिले यस वर्ष २१५२औँ ल्हाप्सो पर्व न्यूयोर्क राज्यको हरियालीले ढाकिएको आफ्नै रमणीय स्थल वालकिलमा भव्य रूपमा सम्पन्न गर्‍यो।

न्यूयोर्क सहरबाट झन्डै साढे एक घण्टाको यात्रामा पुगिने यो स्थाल केवल एउटा भूगोल थिएन् त्यहा एक साँस्कृतिक र आध्यात्मिक थलो बनिसकेको थियो। हावामा फरफराइरहेका लुङ्ता र रंगीन ध्वजापताकाबाट फैलिएको बुद्धका सन्देशले वातावरणलाई करुणा, शान्ति र सह-अस्तित्वको चेतनाले भरिदिएको थियो।

कार्यक्रम स्थलमा टेक्नेबित्तिकै आत्मिय स्वागतको सांस्कृतिक सुवास महसुस हुन्थ्यो। मूल प्रवेशद्वारमा परम्परागत पोशाकमा सजिएका युवा–युवतीहरूले हातमा टाशिभुभरि छिमार, खाप्से र छङ्बी लिएर पाहुनाको अभिवादन गरिरहेका थिए। उनीहरूको अनुहारमा झल्किएको आदरभाव, व्यवहारमा देखिएको आत्मीयता, र धर्ममा झल्किएको सेवा संस्कारले ल्हाप्सोको मर्म बोकेको थियो।

कार्यक्रमको प्रारम्भ बौद्ध परम्पराअनुसार वरिष्ठ लामा गुरुद्वारा समस्त प्राणी जगतको काल्यणको लागि साङ सेरकिमको मन्त्र पाठ, पुजा गरिएको थिय। वसन्त ऋतुको प्रारम्भसँगै धर्म, प्रकृति र मानव चेतनाको बीचमा सन्तुलन ल्याउने उद्देश्यले गरिएको यो पूजा, केवल कर्मकाण्ड नभएर पृथ्वीलाई स्वच्छ बनाउने तथा समस्त जीवहरूको हितको लागि गरिएको आध्यात्मिक यज्ञ थियो।

कार्यक्रममा लामा गुरुहरुद्वारा प्रस्तुत गरिएको धार्मिक तथा सास्कृतिक निर्त्यले कार्यक्रमलाई थप रोचक बनाएका थिए। सिंह अथवा हिम चितुवा नाचले शौर्य, बुद्धि र आत्मबलको प्रतीक; सेर्किम नाचले श्रद्धा, विनम्रता र कृतज्ञताको प्रतिक; र दोर्जे डोला नाचले गुरु पद्मसम्भवको रक्षक रूप, जो अज्ञान, लोभ र द्वेष विरुद्धको आध्यात्मिक युद्धको स्मरण हो। यी सबै निर्त्यहरु केवल दृश्य आनन्दका माध्यम थिएनन्, ती त धर्मको गतिशील व्याख्या थिए, पुस्तौदेखि पीढीमा हस्तान्तरण हुँदै आएका जीवन दर्शनका अभिव्यक्तिहरू थिए।

कार्यक्रम उपस्थित सबैले एकै स्वरमा “के–के सो–सो ल्हा गे–लो!” भनी आकाशमा सेतो पिठो छर्किएर भगवानको जय जयकार गरेका थि। यो प्राचीन अनुष्ठान, देवता, प्रकृति र पुर्खाहरुप्रति कृतज्ञता प्रकट गर्दै शुभकामना व्यक्त गर्ने परम्परा हो। सेतो पिठोको उज्यालो धुलो आकाशमा फैलिँदा त्यसले सबैका मनमा शुद्धताको अनुभूति गरायो।

बालबालिकाहरूका लागि संचालन गरिएको कार्यक्रमले छुट्टै कार्यक्रमले बालबालिकाहरुको लागि सास्कृतिक शिक्षाको आधार बन्यो। चित्रकला लगायात अन्य बाल खेलहरुले बालबालिकाहरुलाई ब्यस्त मात्र बनाएन उनिहरुमा भविष्यप्रति आशा र गर्वको भावना जगाएको थियो।

कार्यक्रमको उत्तरार्द्धमा सामूहिक शेर्पा नृत्यले सबैलाई एक सूत्रमा बाँध्यो। सांगीतिक तरङ्गमा युवादेखि वृद्धसम्म झुमेका दृश्यले ल्हाप्सोको सार्वभौमिक उत्सवभावलाई उजागर गर्‍यो। डीजे डान्सले आधुनिकताको रंग भर्दै सम्पूर्ण उत्सवलाई रमाइलो उत्साहमा परिणत गर्‍यो।

ल्हाप्सो आयोजक समितिका सदस्यहरूले महिनौँ दिन अघिदेखि नै यो कार्यक्रमलाई सफल बनाउन दिनरात खाटेका थिए। सम्पूर्ण व्यवस्थापन र समन्वयको चुस्तताले करिब दुइ हजार भन्दा बढिको उपस्थितिको उत्साहपूर्ण छायाले त्यो मेहनतको गहिरो प्रतिबिम्ब देखिएको थियो। कार्यक्रममा, शेर्पा किदुग अमेरिका संरक्षक समितिका संयोजक श्री ल्हाक्पा रिन्जी शेर्पा, शेर्पा किदुगका अध्यक्ष श्री तेम्बा शेर्पा, र ल्हाप्सो आयोजक समितिका संयोजक श्री पासाङ शेर्पाले मन्तव्य प्रस्तुत गर्दै शेर्पा समुदायको एकता, धर्म–संस्कृतिको महत्व र भावी पुस्तामा संस्कार सुदृढ पार्ने महत्त्वमाथि प्रकाश पारे।

शेर्पा किदुगले लोसारको तेस्रो दिन किदुगका गुम्बाकै प्रनगणमा न्युयोर्क राज्यका सरकारका विभिन्न पदाधिकारी, विभिन्न संघसंस्थाकाहरुका सदस्यहरुलाई प्रतिनितित्व गराएर विभिन्न कार्यक्रमका साथ् ल्हाप्सो कार्यक्रम योजना गरिएको थियो। हिमाली क्षेत्रका शेर्पाहरुको बसोबस रहेको क्षेत्रमा लोसारको पन्ध्र दिनको अवधी अथवा लोसार सकिएको केहि महिनापछि सम्पूर्ण गाउलेहरु जम्मा भैई कुनै पहाडमा धुपहरु जलाई, पुजा पाठ, नाचगनका साथ् युल साङ्ग गर्ने परम्परा आजै पनि कायाम छ। शेर्पा किदुगले वालकिलमा योजना गरिएको ल्हाप्सो कार्यक्रम पनि तिनै युल साङ्गको निरन्तरता हो।

२१५२औँ ल्हाप्सो, केवल एक पर्वमात्र थिए। त्यो त समुदायको चेतनाको उत्सव थियो, जहाँ धर्म, संस्कृति र सेवा एकै थलोमा मिसिन आएका थिए। आफ्नो धर्म संस्कृतिलाई जतिसुकै टाढा पुगे पनि त्यसको जरा कहिल्यै बिर्सिनु हुदैन भन्ने कुराको उदाहरण यो ल्हाप्सो प्रस्तुत गरिएको छ । शेर्पा किदुग अमेरिकाको यो प्रयासले प्रवासमा बसेका हजारौँ हिमाली समुदायका हृदयमा आफ्नो अस्तित्वको गर्व बोकेको छाप छोडेको छ।

कार्यक्रमलाई सफल बनाउने ल्हाप्सो आयोजक समितिका सदस्यहरू:

श्रीमान् र श्रीमती मिङ्मार शेर्पा तथा पेमा लामा

श्रीमान् र श्रीमती मिङ्मार छिरिङ शेर्पा तथा दाली शेर्पा

श्रीमान् र श्रीमती युला शेर्पा तथा निमा शेर्पा

श्रीमान् र श्रीमती नुरी छिरिङ शेर्पा तथा कान्छी ल्हामु शेर्पा

श्रीमान् र श्रीमती तेन्जिङ लामा तथा दिकु शेर्पा

श्रीमान् र श्रीमती पासाङ शेर्पा तथा स्यामु शेर्पा

श्रीमान् र श्रीमती दोर्जे शेर्पा तथा ल्हाक्पा डोमा शेर्पा

श्रीमान् र श्रीमती आङ न्गावा शेर्पा तथा निमादिकी शेर्पा

श्रीमान् र श्रीमती पासाङ शेर्पा तथा डोमा शेर्पा

श्रीमान् र श्रीमती ल्हाक्पा तेन्जी शेर्पा तथा ल्हाक्पा डोमा शेर्पा

श्रीमती सेर जाङमु शेर्पा

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ३५ बजे