अमेरिकामा बसोबास गर्ने नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को लस भेगासमा हाले सम्पन्न नवौं महाधिवेशनबाट सुरज भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
यही मे १० र ११ गते सम्पन्न महाधिवेशनले कार्यसिमिति सदस्यद्वय सुजन पण्डित र बाबुराम दाहाल, उपाध्यक्ष कल्पना घिमिरे, महासचिव इश्वरी न्यौपाने, सचिव शंकरबहादुर थापा र कोषाध्यक्ष झरना अधिकारी चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा डिल्लीबहादुर रावत, दीपेन्द्र खड्का, जानु पंगेनी, यशोदा तिम्सिना, राजकुमार तामाङ (गोले), डोल्मा लामा चुनिएका छन् ।
क्षेत्रीय संयोजकमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराम राई (उत्तर–पूर्व), दीपक दाहाल (पश्चिम) र ओम आचार्य (मध्य) रहेका छन् ।











