न्युयोर्क, अमेरिका — शेर्पा किदुग अमेरिकाले विश्वविख्यात आखा विशेषज्ञ डा. सन्दुक रुइटलाई विशेष सम्मानको साथै ५० हजार १ डलर सहयोग गरेको छ ।
किदुगको सदस्यहरुबाट संकलित ४७ हजार र त्यो माथि किदुगले ३ हजार १ थपेर ५० हजार १ हस्तन्तरण गरेका थिए । नेपालमा निःस्वार्थ सेवा, करुणा र दृष्टि पुनःस्थापनामा समर्पित कार्यका लागि शेर्पा किदुगले विशेष सम्मानसंगै उक्त रकम सहयोग गरेको हो ।

‘डा. सन्दुक रुइटजस्ता जीवित भगवानलाई किदुगमा आमन्त्रण गरि सम्मान गर्न पाउनु हाम्रो लागि गौरव मात्र होइन, पुण्यको विषय पनि हो’, शेर्पा किदुग संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले भने । कार्यक्रममा डा. रुइटको मानवीय अभियानको लागी किदुगले आफना सदस्यहरुमार्फत संकलित उक्त रकम आफनै भवनमा एक कार्यक्रमको वीच हस्तन्तरण गरेको हो ।
‘हजारौलाई सन्सार देखाउन सफल प्रेरणादायी डा रुइतलाई किदुगमा स्वागत, सम्मान र सहयोग गर्न पाउनु हाम्रो समुदायको लागि सौभाग्य हो ’ शेर्पा किदुगको अध्यक्ष तेम्बा शेर्पाले बताए । किदुगद्धारा संकलित रकम हस्तन्तरण गदै भविष्यमा पनि उहाको अभियानमा निरन्तर साथ दिइरहने अध्यक्ष शेर्पाले बताए ।

शेर्पा किदुगका पूर्व महासचिव सांगे शेर्पाले कार्यक्रममा डा. रुइटको दृष्टि पुनःस्थापनासम्बन्धी परियोजनाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । साथै, भर्खरै स्थापना गरिएको हिमालयन होप नेटवर्क संस्थाद्वारा संकलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुगमार्फत हस्तान्तरण गरिएको जानकारी गराउदै उनले डा रुइट्को कार्यको लागि स्यंमसेवक र कोष संकलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

डा. रुइटले आफनो अमेरिका भ्रमणका दुई मुख्य उद्देश्यहरू स्पष्ट पारे। पहिलो, नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनःस्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्वस्तरीय संस्थाहरूसंग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु । दोस्रो, नेपालमै अत्याधुनिक इन्ट्रकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आखा उपचारको दीर्घकालीन योजना अघि बढाउे रहेका बताएका थिए ।
उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिदै उनले हालसम्म ३ मिलियन डलर संकलन भइसकेको र बाकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए । उनले १५० डलर पर्ने लेन्सलाई ३ डलरमै उत्पादन गर्न सफल भएको जानकारी दिंदै, यस उपलब्धिले लाखाौ मानिसको दृष्टि पुनःस्थापित गर्न सहज बनाएको उल्लेख गरे।
अहिलेसम्म करिब २ लाख नेक्र शल्यत्रिया सफलतापूर्वक सम्पन्न गरिसकेका डा. रुइटले १,००० भन्दा बढी चिकित्सकलाई तालिम प्रदान गरिसकेको जानकारी पनि दिएका थिए । नेपालका दुर्गम गाउहरूदेखि भारत, भूटान, भियतनाम, क्याम्बोडिया, इन्डोनेसिया, उत्तर कोरिया र अफ्रिकाका विभिन्न देशहरूसम्म पुगेर उनले निःशुल्क आाखा शिविरमार्फत लाखौलाइ व्यक्तिलाई दृष्टि प्रदान गरिसकेका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूका प्रश्नहरूको उत्तर दिदै, डा. रुइटले शेर्पा किदुग अमेरिका र सम्पूर्ण नेपाली समुदायप्रति गहिरो आभार प्रकट गरे। उनले प्राप्त सम्मान, सद्भाव र सहकार्यलाई “अमूल्य प्रेरणा” का रूपमा ग्रहण गरेको बताएका थिए । डा रुइटको अमेरिका संयोजक लेनिन कडेलका अनुसार न्युयोर्कपछि उहाको कार्यक्रम मेरिल्याण्ड, डालास र नर्थक्यारोलिनामा हुने भएको छ ।
तस्विरहरु : शेर्पा किदुग