३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपियो



देशभर नयाँ मतदाता दर्ता प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता मतदाता नामावलीमा समावेश भएका छन्।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्दै ९ असोजदेखि मतदाता नामावली दर्ताका लागि आह्वान गरेको थियो। आन्दोलनका क्रममा २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा ठूलो संख्यामा जेनजी पुस्ताका नागरिक मतदानबाट वञ्चित हुने अवस्था देखिएपछि सरकारले अध्यादेशमार्फत दर्ता मार्ग खुला गरेको थियो।

आयोगका अनुसार दर्ता खुला भएपछि युवा सहभागिता उल्लेख्य रूपमा बढेको छ। प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा नयाँ मतदाता थपिनुको दर अझै बढ्ने आयोगको अनुमान छ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  ९ : २४ बजे