६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

एमाले महाधिवेशनमा लागि १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका लागि ६८३ जनाको उम्मेदवारी



नेकपा (एमाले) को जारी ११ औँ महाधिवेशनमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका लागि ६८३ जनाको उम्मेदवारी परेको छ ।

महाधिवेशनामा अध्यक्ष र महासचिव पदमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । पाँच उपाध्यक्ष पदका लागि भने ११ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी, तीन उपमहासचिव पदका लागि सात जना तथा नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । खुला युवा क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा नरेश रोकाय र सुशील थापा भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारीमाथि आजै राति दाबी–विरोध तथा छानबिन प्रक्रिया सम्पन्न भएपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। निर्वाचन कार्यतालिका अनुसार मतदान पुस १ गते दिउँसो १ बजेदेखि हुने जनाइएको छ ।

https://drive.google.com/file/d/1kT9Z_Yr4f-WyXwKf72CMhaLd2VGz-a7B/view

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार  १० : ४३ बजे