४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

यस वर्षको एसईई चैत १९ देखि हुने, चुनावका कारण तालिकामा हेरफेर



राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले चैत १९ गते सुरु भई चैत २९ गते सम्पन्न हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।

यस पटकको परीक्षामा देशभरबाट ५ लाख १७ हजार विद्यार्थीहरूले परीक्षा फारम भरेका छन्। सामान्यतया चैतको पहिलो सातादेखि नै एसईई परीक्षा सञ्चालन गर्दै आएको बोर्डले यस वर्ष भने फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षाको मिति केही दिन पछाडि सारेको हो।

निर्वाचन र परीक्षा दुवैका लागि आवश्यक मतपत्र र प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाटै हुने भएकाले प्राविधिक व्यवस्थापनका लागि तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ। निर्वाचन लगत्तै केन्द्रलाई प्रश्नपत्र छपाइ र ढुवानीमा सहज होस् भन्ने उद्देश्यले परीक्षा चैतको दोस्रो साता पुर्‍याइएको हो। बोर्डले आजै सार्वजनिक गरेको विस्तृत तालिकाअनुसार विद्यार्थीहरूले परीक्षाको तयारी गर्न सक्नेछन्।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ८ : ०६ बजे