२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

दुर्गा प्रसाईं पुनः पक्राउ, समात्दै–छाड्दै



मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं सोमबार साँझ पुनः पक्राउ परेका छन् ।

प्रहरीले उनलाई भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईंलाई हाल परिसरकै हिरासतमा राखिएको छ ।

प्रसाईं एक साताअघि मात्रै प्रहरी हिरासतबाट रिहा भएका थिए । यसअघि उनलाई गत माघ २३ गते काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो । वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा पक्राउ परेका उनी दुई दिन हिरासतमा बसेपछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।

प्रहरीका अनुसार यसपटक पनि प्रसाईंलाई निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा पक्राउ गरिएको हो । प्रसाईंले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको थियो । पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा आन्दोलनको नेतृत्व गर्दै आएका प्रसाईं पटक–पटक पक्राउ पर्ने र छुट्ने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : १० बजे