२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मोरिसभिलमा होली सम्पन्न



कृष्णराज खनाल

अमेरिका । नर्थ क्यारोलाइनास्थित मोरिसभिलमा शनिवार अपरान्ह होली पर्व मनाइएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले आयोजना गरेको सो पर्वमा करिब दुइ सय जना उपस्थित भएको संस्थाले जनाएको छ ।

उपस्थितहरुले आपसमा रंगको पर्व होली खेलेर एकअर्कालाई विभिन्न रंगले रंगाइदिनुका साथै हासखेल र नाचगान समेत गरेका थिए । यहाँ आएर पनि हाम्रो पर्व मनाउन पाउँदा र यो माहोल देख्दा निकै खुसी लागेको छ समीर पोखरेलको भनाइ छ । एनसीएनसीले प्रत्येक वर्ष फागुपूर्णिमाको अवसर पारेर होली पर्व मनाउँदै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : १० बजे