प्रवासमा हामी एक भएर मनायौ गोःरा

August 29, 2017

किशनसिंह धामी

नेपालको परम्परागत जातीय, भाषिक र सांस्कृतिक व्यवहारिक स्वच्छता, सामाजिक सद्भाव र संस्कृतिका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज अनपेक्षित मोडतिर जाने गर्छ । भाषा र जातीय गौरवका विशिष्ट पहिचानको पुस्तान्तरण गरेर संरक्षण तथा संवर्द्धन गर्नाले मात्र नेपालको भाषा, साहित्य, कला र संस्कृतिको पहिचान हुने गर्दछ । जुन वर्तमानको आवश्यक्ता हो ।

नेपालमा मनग्य जातजाति र धर्मावलम्बीहरु हिन्दु, बौद्ध, इसाई, मुस्लीम, जैन आदि धर्मका आ-आफना विशिष्ठ धार्मिक लोक सास्कृतिक र मान्यताहरु विद्यामान भएपनि सामाजिक सदभाव र भाइचाराले नै समाजमा एकअर्काका पुरक बनेका छन् । त्यसैले नेपाल वहुधार्मिक, वहुभाषिक र वहुसंस्कृतिक, राष्ट्रले चिनिने गर्दछ । यिनै सास्कृतिक मध्ये नेपालको सुदूरपश्चिमञ्चल क्षेत्रमा सबभन्दा ठुलो चाडका रुपमा गोःरा पर्वलाइ मनाउने गरिन्छ ।

के हो गोःरा पर्व ?

हामी सबैलाइ गोःरा पर्वको बारेमा थाहा नभएको होइन बर्षौ बर्षदेखि मनाउदै आइरहेका हाम्रा बा आमाहरु हृाम्रा माझ हुनुहुन्छ । मुख्य गरि शिव पार्वतीको पुजा आजा गरेर मनाउने यो पर्वमा नया लुगा लाउनु, मिठो मिठो खानेकुरा खानु र बाल बच्चा, वयस्क, बुढा पाका तथा सम्पुर्ण महिलाहरुले मनाउने सुदूरपश्चिञ्चलको धार्मिक संस्कृतिको सब भन्दा ठुलो महान राष्टिय चाडका रुपमा लिइन्छ । बिभिन्न काल खण्डमा बिभिन्न रिसिमुनि तथा धर्म गुरुहरुले धर्म र संस्कृतिको जग मानिने हिमान्चल उत्ताराखण्ड, कुमाउा र डोटीक्षेत्रलाई बैदिक सनातन हिन्दु संस्कारको बैज्ञानिक चाडपर्वहरुको क्षेत्र मानेकाछन् त्यसै अनुरुप ज्योतिषशास्त्र र पण्डितहरुबाट समय काल र परिस्थति अनुसार भाषिक तथा सामाजिक रुपान्त्रित गरेको पाइन्छ ।

यस्को उत्पत्ति देब भूमी उत्तराखण्डमा ज्वलामूखी नाम गरेकी देवी -पार्वती) र इश्वरका सन्तानका रुपमा मायासर -महेश्वर) हुनभन्ने किम्वदन्ती छ । किम्वदन्ती अनुसार द्धापरयुगमा इश्वरका संन्तान मायासार र उत्तराखण्डकि ज्वलामुखी देवी यी दुबैले नरलोकमा जाने विचार गर्नु भयो । नरलोकमा कष्टकर जीवन र अभाबै अभावमा बाचिरहेका देखेर केहि दिन त्यहा बस्ने मनसाय गर्नुभयो । इश्वर रुपी भगवान मायासार र ज्वलामुखि देवी नरलोकमा गएदेखिन त्यहा कुनै पनि चिज बस्तु वा खाद्यान्नको कहिलेपनि अभाव भएन, अनि सुख संबृद्धिले भरिपुर्ण भएका नरलोकका नगरीहरु खुसी भए र देवरुपी भगवानको जयजयकार मनाउान थाले । लामो समय पश्चात मयासरले इद्रलोक र ज्वलामुखि देवीले उत्तराखण्ड हिमालय पर्वत जाने विचार गर्नु भयो । तर नरलोकका नरनारीहरुले ज्वलामुखि र मयसरलाई रोक्ने प्रयास गर्नु भयो ।

धेरै विलौना र जिद्धि गर्नु भयो तर ती देबरुपी भगवानले नरलोक बासीहरुलाई सम्झाई बुझाइ गरेर हामीले हाम्रो ठाउा जानु पर्छ, बरु तिमीहरुले भाद्र महिनाको शुक्लपक्ष, रोहणी नक्षत्र दुर्गाष्टमिका दिन हाम्रो प्रतिमा बनाउनु गोःरा र महेश्वरको नामले पर्व बनाउनु, फल फुल, डोरी धागोले र पंच अन्न बिरुडाले हाम्रो पुजा गर्नु । तपाइले पुजा गरेपछि हामी खुसि भएर तपाइहरुको मनले सोचेको पुरा गरिदिने छौ । आज हामी हाम्रो लोक जान्छौ भनेर नगरीहरुलाइ सम्झाइ बुझाई आफ्नो कैलाशको बाटो लाग्नु भयो । त्यो समय देखि हिन्दु धर्माब्लम्वीहरुले भाद्र महिनाको दुर्गाअष्टमी दिन गाौरी देबीको प्रतिमा स्थापना गरि भारतको उत्तरा खण्ड, कुमााउ, गडवाल र नेपालको सुन्दर सुदूर सुदूरपश्चिमाञ्चल र पश्चिम कणर्ाली प्रदेशका केहि जिल्लामा मनाइने धार्मिक र सास्कृतिक गोरा पर्वलाई सुदूरपश्चिमान्चलीहरुले सबभन्दा ठुलो राष्टिय चाडका रुपमा मान्ने गर्छन् ।

साउन महिनाको सुरुवात देखि नै त्यो भेगका चृलीवेटी महिलाहरु खेल र रत्यौलीमा रमाउने गर्छन् । तरपनि तीजको लगतै बर्तालु र भक्तालु महिलाहरुले पञ्चमी देखि अष्टमीसम्म निराहार बसेर शिब पार्वतिको आराधना गर्छन् । परापुर्बकालदेखि चलिआएको धार्मिक चलन अनुसार प्रत्येक बर्ष भ्ााद्र महिनाको सूक्लपक्ष रोहणी नक्षत्र शुक्ल पंचमीका दिन बर्तालु महिलाहरुले बिहान सफा शुद्ध बनेर पााच थरिका गेडाडुडी मास, गुरुास, गहुा, सानो केराउ, गहत -पंच बिरुडी) तामाका र पितलका भाडामा घरपविारका सबै महिलाहरुले शुभमुहुर्तमा सामुहिक रुपमा भिजाउने गर्छन् । परिवार भिन्दा भिन्दै भएर बसेका भएपनि बिरुडा भिजाउनका लागि घरको मूल जेठो सदस्यको घरमा गएर भिजाउने गर्छन् ।

पंचमीमा भिजाएको बिरुडा अर्थात ज्योतिष शास्त्र अनुसार तिथि घटबड नभएमा सप्तमीका दिन बिहान बिरुडा धुने प्रकि्रया नाच गान र सगुन गाइने गरिन्छ अनि बेलुकि गौरा घरमा सबै निराहार धार्मिक बर्तालु महिलाहरु एकत्रित भएर गौरा सिंगारिने काम गरिन्छ अनि भित्रि गौराको नामले फुकार्छन् जसलाई सौ,ं धान, ऐसेलुको पात, तिलको बोट खेत बारीबाट ल्याएर तामाको भाडा वा निगालाको डालोमा गौरी देवीको प्रतिमा बनाएर सजाउने गरिन्छ ।

त्यहि प्रसादले घरपरिवारमा जेठाले कान्छालाइ खुट्टा, घुाडा, कुम देखि शिरसम्म पुजा गरि निधारका बिरुडा थाप्ने चलन छ साथै ब्राहृमण दारा पुजा पाठ र अभिशेक गरिएको महिलाले लगाउने दुबधागो र पुरुषले लगाउने जनै लगाएमा मात्र शुद्ध मानिने भएकोले अहिले पनि त्यो क्षेत्रमा शुद्धता मान्दै आइरहेकाछौ । बिवाहित महिलाले घाटिमा दुबधागो लाएर आफ्नो अटल सौभाग्य, सम्वृद्धि तथा सन्तान र परिवार एवं आफ्ना पतिको दीर्घायूको कामनासगै सुखशान्ती, सम्पन्नताकालागि ब्रत बसेर प्रशन्नताले बेलुकिको भोजनगर्ने गर्छन् । यो दुबधागोलाई महिलाहरुले प्रत्येक दिन गाइत्रीमन्त्र जस्तै जप गर्छन्, भक्ति गर्छन्, आस्था राखन्छन्, त्यसैले निरोगी, सूखि खुसि र दीर्घजीवि भएका हामी देखिरहेका हुन्छौ र्ै ।

यसरी भाद्र पंचमी देखि एकादशीसम्म मनाइने यो महानचाड बाल बच्चा र केटाकेटिहरुकोलागि पनि त्यतिकै रमाइलो हुनेगर्दछ, अष्टमी पछि नवमी, दशमी र एकादशी सम्म शक्तिपीठ देवस्थलहरुमा खेडि, धोडि र लमधोडीका नामले पुजापाठ गर्दै बिभिन्न भाकामा महिला र पुरुषको भिन्ना भिन्नै वा सगोलमा डेउडा नाच, खेल लाउने, गाउने र रमाइलो गर्ने गरिछ । अझ संस्कार र सांस्कृतिकका दृष्टिकोणले महत्वपुर्ण त्यस क्षेत्रका बिभिन्नडेउडा गित र नृत्यका अतिरिक्त ठाडो खेल, भूवा भूस्सो, डगौरा थारु, गर्खाल ब्याासी सौका नाच, ढुस्कु, फाग, न्याउली, विजौरा, संजेवाली, भाडा, बातै, सगुन, झोडो, जागर, चााचरी आदि लोक गीत जस्ता संस्कृतिले सुदूरपश्चिमाञ्चल आफैमा गौरावान्दित छ ।

यो गोःरापर्व मनाउनाका निमित्त बिरुडा भिजाउने घर र गौरादेवीको स्थापना गर्ने घर स्थानिय गाउा घरमा निश्चित एउटा गोरिया घरको नामले चिनिने गरिन्छ, सुदूरपश्चिमका शक्तिपीठहरुका नामले गोरिया घरमा मनाइने र पुजने यो पर्व एउटा कूलमा पुजिरहेको परिवारले आर्को कूलमा पुज्नु हुदैन भन्ने स्थानिय जन धारणा रहिआएको छ । प्रवासको यो भूमीमा यसरी एक जुट भएर सुदूरपश्चिम समाज अमेरकिाले आफ्नो संस्कृतिलाई छोटकरीमा प्रतक्ष प्रस्तुत गर्नपाउादा हामी बिश्वको जुनसुकै भूमी मा भएपनि हामीलाई हाम्रो संकृति कला र साहित्यले घच्घचाइरहेको छ भन्ने ज्वलन्त उदाहरणनै यो उपस्थीति तथा प्रस्तुति हो ।

आउदो बर्ष बृहत प्रस्तुति र भव्य गौरापर्व मनाउने बचन बद्धता गर्दै प्रमुख अतिथिज्यूको शुभकामना मन्तब्य पश्चात सबैले खाना खाएर डेयडिया रैभान महरा र हंसराज जोशी भाइको तालमा हामी सबैले डेउडाको भरपुर मनोरन्जन गर्‍यौ र गरायौ ।

 

सम्बन्धित समाचार